२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एलआईसी नेपाललाई धितोपत्र बोर्डले दियो हकप्रद शेयर निष्कासनको अनुमति

images

  • २०८१ असोज १३, आइतबार
  • 1.4K
    SHARES
  • एलआईसी नेपाललाई धितोपत्र बोर्डले दियो  हकप्रद शेयर निष्कासनको अनुमति

    काठमाडौँ : नेपाल धितोपत्र बोर्डले एलआईसी नेपाललाई हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ। धितोपत्र बोर्डको हालै सम्पन्न सञ्चालक समितिको बैठकले कम्पनीलाई हकप्रद शेयर बिक्रीको स्वीकृति दिएको हो। एलआईसी नेपालले गत वर्ष असोज २९ गते धितोपत्र बोर्डमा यसका लागि निवेदन दिएको थियो।

    गत शुक्रबार बसेको बोर्डको बैठकले लामो समयदेखि अल्झिएको हकप्रद स्वीकृत गर्ने निर्णय गरेको हो। यस स्वीकृतिसँगै अब कम्पनीले छिट्टै हकप्रद शेयर जारी गर्नेछ।

    हकप्रद शेयर निष्कासनको विवरण :

    कम्पनीले १ः०.८८४५ को अनुपातमा हकप्रद शेयर बिक्री खुला गर्नेछ, जसअनुसार २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको चुक्तापुँजीको ८८.४५ प्रतिशत अर्थात् २ करोड ३४ लाख ६८ हजार कित्ता शेयर जारी गरिनेछ। हरेक कित्ता शेयरको अंकित मूल्य १०० रुपैयाँ हुनेछ।

    शेयर बिक्री प्रबन्धक र रेटिङ :

    यस हकप्रद शेयर बिक्रीको प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहनेछ। एलआईसी नेपाललाई इक्रा नेपालले ‘इक्रा एनपी आइआर ए’ रेटिङ प्रदान गरेको छ। जसले कम्पनीलाई वित्तीय दायित्व समयमै पूरा गर्न  पर्याप्त सुरक्षित रहेको देखाउँछ। रेटिङले एलआईसी नेपालले अत्यन्त न्यून कर्जा जोखिम सामना गर्ने संकेत गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ