२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सातामा ९० अंकले घट्यो नेप्से, ओरालो लाग्ने क्रम जारी

images

  • २०८१ असोज ११, शुक्रबार
  • 2.0K
    SHARES
  • सातामा ९० अंकले घट्यो नेप्से, ओरालो लाग्ने क्रम जारी

    काठमाडौँ : यस साता नेप्से परिसूचक ३.५० प्रतिशतले घटेको छ। पाँच कारोबार दिनमा नेप्से २ दिन बढेको छ भने ३ दिन घटेको छ। यस साता बजार ९० अंकले घटेको छ भने अघिल्लो साता मात्र १११ अंकले घटेको थियो।

    गत साता २५७६ अंकमा बन्द भएको बजार यस साता २४८६.७६ मा झरेको छ। पाँच दिनको कारोबारमा बजार पुँजीकरण १ खर्ब ४३ अर्ब रुपैयाँले घट्दै ३९ खर्ब ५४ अर्बमा झरेको छ। जुन अघिल्लो साता बजार पुँजीकरण ४० खर्ब ९७ अर्ब थियो। तर, अघिल्लो साता २३ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा यस साता भने २६ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

    यस अवधिमा कारोबार कम्पनीहरूमध्ये ५७ कम्पनीहरूको सेयर मूल्य वृद्धि भएको छ भने २७२ कम्पनीहरूको सेयर मूल्य घटेको छ। उच्च मूल्य वृद्धि भएका कम्पनीहरूमा अप्पर स्याङ्गे हाइड्रोपावर,रु रु जलविद्युत, विन नेपाल लघुवित्त र सगरमाथा जलविद्युत समावेश छन् भने सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीहरूमा सिईडिबि हाइड्रोपावर, एभरेष्ट बैंक, दोर्दी खोला जलविद्युत र रावा इनर्जी समावेश छन्।

    त्यस्तै, अप्पर स्याङ्गे हाइड्रोपावरको मूल्य २४.६ प्रतिशत, रु रु जलविद्युतको ११.१ प्रतिशत, विन नेपाल लघुवित्तको ११.१ प्रतिशत र सगरमाथा जलविद्युतको मूल्य ६.६ प्रतिशतले वृद्धि भएको छ। सिईडिबि हाइड्रोपावरको सेयर मूल्य २१ प्रतिशत, एभरेष्ट बैंकको १४.९ प्रतिशत,दोर्दी खोला जलविद्युतको १३..६ प्रतिशत र रावा इनर्जीको १३.५ प्रतिशतले घटेको छ। 

    आइतबार नेप्से परिसूचक ११.५८ अंकले बढेर २५८८.३५ विन्दुमा पुगेको थियो भने सोमबार नेप्से परिसूचक ५९.०२ अंकले घटेर २५२९.३३ विन्दुमा पुगेको थियो।  यस्तै, मंगलबार नेप्से परिसूचक ५८.९३ अंकले घटेर २४७०.३९ विन्दुमा पुगेको थियो भने बुधबार नेप्से परिसूचक ५९.१८ अंकले घटेर बढेर २५१९.५७ विन्दुमा पुगेको थियो। साथै, साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३२.८१  अंकले घटेर बढेर २४८६.७६ विन्दुमा पुगेको छ।

    यसै गरी, यस साता अपि पावरको ४८ करोड, एनएलजी इन्स्योरेन्स र सिइडिबी हाइड्रोको १४ अर्बदेखि १७ करोड रुपैयाँसम्मको सेयर किनबेच भएको देखिन्छ। यस अवधिमा लगानीकर्ताले सबैभन्दा धेरै अपि पावरको सेयर खरिद गरेका छन् र यस कम्पनीहरूको १६ लाख ६८ हजार कित्ता सेयर किनबेच भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ