२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा नयाँ बोनस दर सार्वजनिक, कुन योजनामा कति ?

images

  • २०८१ असोज ११, शुक्रबार
  • 2.0K
    SHARES
  • हिमालयन लाइफ इन्स्योरेन्सद्वारा नयाँ बोनस दर सार्वजनिक, कुन योजनामा कति ?

    काठमाडौँ : हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० का लागि बीमाङ्कीय मूल्याङ्कनको आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको छ। बीमा प्राधिकरणले असोज ७ गते स्वीकृत गरेको प्रतिवेदन अनुसार कम्पनीले विभिन्न बीमा योजनामा प्रति हजार ८६ रुपैयाँसम्मको बोनस दर निर्धारण गरेको छ। यो बोनस दर लागू भएपछि बीमितहरूलाई थप लाभ मिल्ने अपेक्षा गरिएको छ।

    सावधिक र आजीवन बीमा योजना : 

    सावधिक बीमा योजनाहरूमा बीमाको अवधिका आधारमा फरक-फरक बोनस दर तोकिएको छ। ० देखि ९ वर्ष अवधिका लागि प्रति हजार २७ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३७ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४३ रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि ६४ रुपैयाँ बोनस दर लागू हुनेछ।

    त्यस्तै, आजीवन बीमा योजनामा पनि समयावधिका आधारमा फरक बोनस दर घोषणा गरिएको छ। यसमा ० देखि ९ वर्षसम्मका लागि ३६ रुपैयाँ, १० देखि १४ वर्षसम्मका लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५७ रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि ७५ रुपैयाँको बोनस दर लागू हुनेछ।

    अग्रिम भुक्तानी योजना र जीवन उपहार योजना :

    अग्रिम भुक्तानी योजनामा पनि विभिन्न अवधिका लागि बोनस दर तोकिएको छ। १० देखि १४ वर्ष अवधिका लागि ५६ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ६४ रुपैयाँ, २० देखि २४ वर्षका लागि ७१ रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि ८६ रुपैयाँको बोनस दर निर्धारण गरिएको छ।

    जीवन उपहार योजनामा अग्रिम भुक्तानी योजनामा १६ वर्षका लागि ४८ रुपैयाँ र सावधिक योजनामा १५ वर्षका लागि ३२ रुपैयाँको बोनस दर तोकिएको छ।

    अन्य योजना :
    सुरक्षित भविष्य जीवन बीमा ३० वर्षे जीवन रक्षक योजना, र कर्पोरेट जीवन बीमा योजनामा पनि समयावधिका आधारमा बोनस दर तोकिएको छ। सुरक्षित भविष्य योजनामा ० देखि १४ वर्षका लागि १८ रुपैयाँ, १५ देखि १९ वर्षका लागि २३ रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि ७० रुपैयाँ बोनस दर लागू गरिएको छ।

    सावधिक र बालबच्चा बीमा योजनामा ० देखि ९ वर्षका लागि ३३ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३६ रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि ७५ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ।

    जीवन आधार, जीवन सम्पन्न, र अन्य योजना :
    जीवन आधार, जीवन सम्पन्न, जीवन उत्थान र जीवन आवरण बीमा योजनामा क्रमशः ५०, ५३, ४०, र ४३ रुपैयाँको बोनस दर तोकिएको छ।

    यस बोनस दरका साथ, हिमालयन लाइफ इन्स्योरेन्सका बीमितहरूले अझ बढी लाभ प्राप्त गर्नेछन्। मृत्यु दाबी, आंशिक वा पूर्ण भुक्तानी, समर्पण मूल्य, चालु बीमालेखहरूमा पनि यो बोनस दर लागू हुनेछ। यो दर आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्म कायम रहनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ