काठमाडौँ : आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक बैंकको बोनस शेयर थपिएको छ। आज ग्रीन डेभलपमेन्ट बैंकको १ लाख ९७ हजार २ सय २० कित्ता बोनस शेयर सूचीकृत भएको छ।
अब उक्त सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन्।
अघिल्लो आर्थिक वर्षमा बैंकले आफ्ना शेयरधनीहरुलाई ३.८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।



