काठमाडौँ : मध्ये भोटेकोशी जलविद्युत कम्पनीको सेयरको लकइन अवधि सकिने भएको छ।
मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयरको लकइन अवधि कात्तिक ११ गते समाप्त हुने भएको छ। लकइन अवधि समाप्त भएपछि कम्पनीको ५ करोड १३ लाख ६० हजार कित्ता सेयर खुला हुनेछन्।
यसमा विभिन्न समूहहरूका सेयर समावेश छन्। जसमध्ये संस्थापक सेयर धनीहरूको ३ करोड ६ लाख कित्ता, कर्मचारी सञ्चय कोषमा जम्मा गरेका सञ्चयकर्ता कर्मचारीहरूको १ करोड १७ लाख कित्ता, संस्थापक सेयर धनी संस्थाका कर्मचारीहरूको २१ लाख कित्ता, ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीहरूको ६ लाख कित्ता, आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय बासिन्दाहरूको ६० लाख कित्ता, र कम्पनीका कर्मचारीहरूको ३ लाख ६० हजार कित्ता सेयर समावेश छन्।
लकइन अवधि समाप्त भएपछि यी सेयरहरू दोस्रो बजारमा कारोबारका लागि उपलब्ध हुनेछन्।



