काठमाडौँ : मन्दाकिनी हाइड्रोपावर कम्पनीले लाभांष घोषणा गरेको छ। कम्पनीको असोज ९ गते बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्न ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश रहेको छ।
साथै, आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले ५ प्रतिशत लाभांश वितरण गरेको थियो। उक्त प्रस्ताव लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरे पश्चात् सेयरधनीहरूलाई वितरण हुनेछ।



