२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

ज्योति विकास बैंकद्वारा नेत्रावती डबजोङ अस्पताललाई बेबी वार्मर प्रदान

images

  • २०८१ असोज १०, बिहीबार
  • 1.4K
    SHARES
  • ज्योति विकास बैंकद्वारा नेत्रावती डबजोङ अस्पताललाई बेबी वार्मर प्रदान

    काठमाडौँ : ज्योति विकास बैंकले ग्रामीण क्षेत्रमा जीवनरक्षक चिकित्सा उपकरणको आवश्यकतालाई ध्यानमा राख्दै धादिङको नेत्रावती डबजोङ अस्पतालमा नवजात शिशुहरूको हाइपोथर्मिया (अल्पताप) रोकथामका लागि बेबी वार्मर मेसिन प्रदान गरेको छ। 

    बैंकको सामरी शाखाको पहलमा यो मेसिन अस्पतालमा जडान गरिएको हो। जसले नवजात शिशुहरूको जीवन रक्षा गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। ग्रामीण क्षेत्रमा हाइपोथर्मियाका कारण शिशुहरूको मृत्यु दर उच्च रहेको अवस्थामा, यो कदमले शिशुहरूको स्वास्थ्य सुधारमा महत्त्वपूर्ण योगदान दिनेछ।

    बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत हालसम्म ४७ वटा बेबी वार्मर विभिन्न अस्पतालहरूमा प्रदान गरिसकेको छ। बैंकले ग्रामिण स्वास्थ्य सेवामा योगदान पुर्‍याउँदै, नवजात शिशुहरूको अकाल मृत्यु रोकथाममा महत्त्वपूर्ण कदम चालेको छ। यस उपकरणमार्फत हरेक वर्ष करिब १ हजार ६ सय ८० भन्दा बढी नेपाली शिशुहरूलाई जीवन रक्षा सुविधा उपलब्ध गराइएको छ।

    यस कार्यक्रमले ८ हजार ५ सयभन्दा बढी शिशुहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गरेको छ, जसले ज्योति विकास बैंकलाई सामाजिक उत्तरदायित्वमा अग्रणी बनाएको छ। बैंकले यस किसिमका योगदानमार्फत समाजमा सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ। विशेष गरी ग्रामीण स्वास्थ्य सेवामा महत्त्वपूर्ण प्रभाव परेको छ।

    नेत्रावती डबजोङ अस्पतालमा आयोजित कार्यक्रममा बेबी वार्मर मेसिन औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो। सोही अवसरमा, अस्पतालका डाक्टर, नर्स, र कर्मचारीहरूलाई उपकरणको प्रभावकारी प्रयोगबारे विशेष तालिम पनि प्रदान गरिएको थियो, जसले उपकरणको उच्चतम सदुपयोग सुनिश्चित गर्नेछ।

    ज्योति विकास बैंकले आफ्नो मुनाफाबाट अन्य बैंकहरू भन्दा ५० प्रतिशत बढी रकम सामाजिक उत्तरदायित्वका लागि छुट्याएर समाजप्रतिको उत्तरदायित्वलाई प्राथमिकता दिएको छ। बैंकले ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, सेयरधनी र समग्र सरोकारवालाको हकहितमा योगदान पुर्‍याउँदै संस्थागत सुशासनमा प्रतिबद्धता प्रदर्शन गरेको छ।

    ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटिएममार्फत बैङ्किङ सेवा उपलब्ध गराउँदै आइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ