काठमाडौँ : साताको चौथो कारोबार दिन आज बुधबार नेप्से परिसूचक ४९.१८ अंकले बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ४९.१८ अंक बढेर २५१९.५७ विन्दुमा पुगेको छ जसमा सेन्सेटिभ इण्डेक्स ७.९१ अंक, फ्लोट इण्डेक्स ३.५८ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२१ अंक बढेको छ।
आज कारोबार रकम भने केहि घटेको छ। हिजो मंगलबार ५ अर्ब ६८ करोड ९५ लाखको शेयर कारोबार भएको बजारमा आज ३ सय २७ कम्पनीको ६९ हजार ४ सय १८ पटकको कारोबारमा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँ बराबरको १ करोड २४ लाख ९८ हजार कित्ता शेयर कारोबार भएको छ।
आज शीर्ष स्थानमा ङादी ग्रुप पावर १५ करोड ६४ लाख ,अरुण भ्याली हाइड्रोपावरको साढे १३ करोड तथा सिईडिबि हाइड्रोपावर एण्ड डेभलपमेन्टको १३ करोड बरारको शेयर किनबेच भएको छ।
आज १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। आज वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.८० प्रतिशत तथा होटल तथा पर्यटन उपसमूहको परिसूचक साढे ३ प्रतिशत बढेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.०१ प्रतिशत घटेको हो।
आज ५ कम्पनीको शेयर सर्वाधिक १० प्रतिशत बढेको छ जसमा विन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत कम्पनी र थ्रिस्टार हाइड्रोपावर रहेका छन् भने हिमालयन हाइड्रोपावरको शेयर सर्वाधिक घटेको छ। आज कारोबारमा आएका ३२७ कम्पनीमध्ये २२३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको घटेको छ तथा ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।



