२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

कामना सेवा विकास बैंकद्वारा वार्षिक साधारणसभा आह्वान,के–के छन् एजेण्डा ?

images

  • २०८१ असोज ८, मंगलबार
  • 1.2K
    SHARES
  • कामना सेवा विकास बैंकद्वारा वार्षिक साधारणसभा आह्वान,के–के छन् एजेण्डा ?

    काठमाडौँ : कामना सेवा विकास बैंकले आफ्नो १८औं वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकको असोज ७ गते बसेको संचालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो असोज ३० गते काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्शन, भगवति बाहालमा बिहान १०:३० बजेदेखि आयोजना गर्ने निर्णय गरेको हो। 

    सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई ७ प्रतिशत बोनस र ५ प्रतिशत नगद (करसहित) लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

    यसका साथै, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनको समीक्षा गरी पारित गर्ने, चालु आर्थिक वर्षका लागि लेखा परिक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि समावेश गरिनेछ।

    सञ्चालक (सर्वसाधारण तर्फ) नियुक्ति पनि सभाले अनुमोदन गर्नेछ। सञ्चालक समितिले प्रस्ताव गरेको अनुसार रु १०० का दरले रु ३५ करोड बराबरको ९ प्रतिशत वार्षिक लाभांश दर कायम गर्दै मुनाफा भएको वर्षमा मात्र मुनाफा वितरण हुने असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पनि पारित गरिनेछ।

    अन्ततः, विशेष प्रस्तावहरू पारित भएमा विकास बैंकको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न पनि सभाको कार्य सूचीमा समावेश गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ