२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

दुई महिनामा आयातमा वृद्धि, निर्यातमा गिरावट

images

  • २०८१ असोज ७, सोमबार
  • 841
    SHARES
  • दुई महिनामा आयातमा वृद्धि, निर्यातमा गिरावट

    काठमाडौँ : चालु आर्थिक वर्षको पहिलो दुई महिनामा २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.०८ प्रतिशतले वृद्धि हो। अघिल्लो आर्थिक वर्षमा यस अवधिमा २ खर्ब ५९ अर्ब ७५ करोड रुपैयाँको आयात भएको थियो।

    तर, निर्यात भने ५.१२ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको भदौसम्ममा २५ अर्ब ९ करोड ३१ रुपैयाँको वस्तु निर्यात हुँदा अघिल्लो आर्थिक वर्ष सोही अवधिमा २६ अर्ब ४४ करोड ७० लाख रुपैयाँको वस्तु निर्यात भएको थियो ।

    यस्तै,  व्यापार घाटा भने १.७८ प्रतिशतले बढेको छ। जस अनुसार गत वर्षको दुई महिनामा २ खर्ब ३३ अर्ब ३० करोड रुपैयाँ व्यापार घाटा थियो भने यस वर्षको सोही अवधिमा २ खर्ब ३७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।

    data.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ