२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सिटिजन्स बैंकद्वारा लाभांश घोषणा

images

  • २०८१ असोज ७, सोमबार
  • 2.4K
    SHARES
  • सिटिजन्स बैंकद्वारा लाभांश घोषणा

    काठमाडौँ : सिटिजन्स बैंकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ। एभरेष्ट बैंकपछि लाभांश घोषणा गर्ने सिटिजन्स बैंक दोस्रो वाणिज्य बैंक बनेको हो। 

    आज बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ४.२१ प्रतिशत लाभांश घोषणा गरेको छ जसमा ४ प्रतिशत बोनस सेयर र ०.२१  प्रतिशत नगद लाभांश (करसहित) समावेश गरिएको छ। 

    हाल बैंकको २०८१ असार मसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँ रहेको छ। बैंकले ४ प्रतिशत बोनस शेयरको रूपमा ५६ करोड ८० लाख ३८ हजार ९ सय ६० रुपैयाँ २३ पैसा र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांशको रूपमा २ करोड ९८ लाख ९६ हजार ७ सय ८७रुपैयाँ ३८ पैसा वितरण गर्नेछ।

    बैंकले प्रस्ताव गरेको यो लाभांश राष्ट्र बैंकले स्वीकृत गरी आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ