२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

टोखाको गहना पोखरीमा डुबेर एक बालिकाको मृत्यु

images

  • २०८१ असोज ७, सोमबार
  • 931
    SHARES
  • टोखाको गहना पोखरीमा डुबेर एक बालिकाको मृत्यु

    काठमाडौँ : पोखरीमा डुबेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । टोखा नगरपालिका–६ स्थित गहना पोखरीमा डुबेर चार वर्षीया बालिका गुराँस सहनीको मृत्यु भएको हो।

    बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ घर भएकी बालिका आमा दुर्गा सहनीसँग मिलेर टोखा–८ जल्पा चोकमा बस्दै आएकी थिइन्।

    आइतबार दिउँसो पोखरीमा डुबेका बालिकाको आइतबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। यो घटनाले स्थानीय समुदायमा शोक र चिन्ता पैदा गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ