काठमाडौँ : नेपाली बजारमा सस्तो ईभीको रूपमा चिनिने बीएडब्लु ब्रम्बी ईभी खरिद गर्दा अब एक वर्षसम्म ब्याज नलाग्ने अफर ल्याइएको छ। नेपालका लागि बीएडब्लुको आधिकारिक वितरक एलआरआर मोटर्सले यो अफर सार्वजनिक गरेको हो। जसअनुसार पहिलो वर्षको ब्याज कम्पनीले तिरिदिने छ। यो अफर विशेष गरी ग्राहकहरूको चासो बढाउन ल्याइएको बताइएको छ।
बीएडब्लु ब्रम्बी एक सिटी कार हो। जसमा ३० किलोवाटको मोटर र १७.२८ किलोवाट आवरको ब्याट्री रहेको छ। सिंगल चार्जमा यसले २०५ किलोमिटर रेन्ज दिन सक्छ। यो कार होम एसी चार्जरबाट चार्ज गर्न सकिन्छ र यसमा एलएफपी ब्याट्री प्रयोग गरिएको छ।
यस कारको लम्बाई ३५३२ एमएम, चौडाई १४९८ एमएम, र उचाई १६०५ एमएम रहेको छ। १५५–६५ आर १३ साइजको टायरसहित, कारमा इको र स्पोर्ट ड्राइभिङ मोड पनि उपलब्ध छ। सुरक्षा सुविधाहरूमा फ्रन्ट कोलिजन, पोस्ट क्र्यास सेफ्टी टेस्ट, इन्टेलिजेन्ट टायर प्रेसर डिटेक्सन, फ्रन्ट र रियर पार्किङ राडार, ३६० प्यानोरामिक भ्यु र अन्य उच्च प्रविधिका सेफ्टी फङ्सनहरू समावेश छन्।
क्याबिनमा १०.५ इन्चको इन्फोटेनेमेन्ट स्क्रिनसहितका विभिन्न सुविधाहरू उपलब्ध छन्। यो गाडीको मूल्य २२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। जुन नेपाली बजारमा सस्तो ईभीको विकल्प मानिन्छ।



