२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आइसिसी विश्वकप लिग-२ : नेपालको लगातार तेस्रो हार

images

  • २०८१ असोज ७, सोमबार
  • 1.1K
    SHARES
  • आइसिसी विश्वकप लिग-२ : नेपालको लगातार तेस्रो हार

    काठमाडौँ : नेपाल आईसीसी विश्वकप लिग– २ अन्तर्गत जारी सिरिजमा लगातार तेस्रो खेलमा पराजित भएको छ। गए राति भएको खेलमा नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको हो।

    जितसँगै क्यानडा अङ्क तालिकाको शीर्षस्थानमा उक्लिएको छ। जितसँगै क्यानडा ११ खेलमा १४ अङ्कका साथ शीर्षस्थानमा उक्लिएको छ भने नेपाल ७ खेलमा २ अङ्कका साथ सातौँ स्थानमा छ। साथै, नेदरल्यान्ड्स ८ खेलमा १२ अङ्कका साथ दोस्रो स्थानमा छ।

    नेपालले दिएको १८२ रनको लक्ष्य पछाएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। क्यानडाका लागि नवनीत धालिवालले ११३ बलमा  सर्वाधिक ८७ रन तत्थ परगत सिंहले ८३ बलमा ६४ रन बनाएका थिए। बलिङमा नेपालका सन्दीप लामिछाने २, करण केसी, गुलशन झा र ललित राजवंशीले १-१ विकेट लिएका थिए। 

    यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा अल आउट हुँदै १८१ रन बनाएको थियो। नेपालका लागि सन्दीप लामिछानेले ४८ बलमा सर्वाधिक ४९ रन तथा गुलशन झाले ५६ बलमा ३४ रन बनाएका थिए। यस्तै, करण केसीले २४ रन, सोमपाल कामीले २१ रन, अर्जुन साउद र आरिफ शेखले १०/१० रन र भीम सार्की र रोहित पौडेल ४/४ रन तथा आसिफ शेख २ रन बनाएका थिए।

    यस्तै, यस सिरिजमा नेपालको ब्याटिङ लगातार फ्लप हुँदै आएको छ।बलिङमा क्यानडाका कलिम सानाले ३, हर्ष थाकेरले २ तथा  डिलोन हेलिगर, प्रवीन कुमार र साद बिन जाफरले १-१ विकेट लिएका थिए।

    नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रन  तथा दोस्रो खेलमा ओमानसँग १ विकेटले पराजित भएको थियो। नेपालले अन्तिम खेल मंगलबार ओमानसँग खेल्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ