२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा सातौं वार्षिकोत्सवमा दुई नयाँ बीमा योजना सार्वजनिक

images

  • २०८१ असोज ६, आइतबार
  • 1.5K
    SHARES
  • सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा सातौं वार्षिकोत्सवमा दुई नयाँ बीमा योजना सार्वजनिक

    काठमाडौँ : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा आइतबार दुईवटा नवीनतम बीमा योजना‘सनलाइफ मेडिकेयर’ र ‘सुनौलो बाल समृद्ध जीवन बीमा योजना’ सार्वजनिक गरेको छ।

    सुनौलो बाल समृद्ध जीवन बीमा योजना :

    यस योजना अन्तर्गत बीमितको निधन भएमा बीमांक रकम भुक्तानी हुनेछ। साथै, बीमा अवधिभर बीमितलाई मासिक रूपमा बीमांक रकमको दुई प्रतिशतसम्म मासिक आय सुविधा प्राप्त हुनेछ। यस योजनाले प्रस्तावकलाई घातक रोगको उपचारमा ५० लाख रुपैयाँसम्मको खर्च व्यहोर्ने सुविधा पनि दिन्छ।

    सनलाइफ मेडिकेयर योजना :

    यस योजना भने आपतकालीन औषधि उपचारको लागि लक्षित गरिएको छ। यो योजना नेपालमा पहिलोपटक सन नेपाल लाइफद्वारा प्रस्तुत गरिएको हो। जसले अस्पताल भर्ना भएमा १ लाख रुपैयाँसम्मको औषधि उपचार खर्च प्रदान गर्दछ।

    कम्पनीले वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत वैदेशिक रोजगारीसँग सम्बन्धित सन्देशमूलक म्युजिक भिडियो पनि सार्वजनिक गरेको छ। साथै, सूचना सुरक्षा व्यवस्थापन (आईएसओ २७००१) मापदण्डको अडिट पूरा भइसकेको र निकट भविष्यमा कम्पनीलाई स्तरीकरण गर्ने योजना रहेको छ।

    वार्षिकोत्सवको अवसरमा '७ वर्ष, ७ प्रदेश, ७ दिन, ७ सत्कर्म' नाराका साथ सप्ताहव्यापी कार्यक्रमहरूको आयोजना गरिएको थियो। यस अन्तर्गत प्रभातफेरि, वृक्षारोपण, खाद्यान्न तथा लत्ताकपडा वितरण, मठ-मन्दिर सरसफाइ, रक्तदान, वित्तीय साक्षरता कार्यशाला तथा शैक्षिक सामग्री वितरण जस्ता कार्यक्रम सम्पन्न भए। विभिन्न स्थानमा नेपाली संस्कृतिसँग सम्बन्धित ७ प्रकारका वनस्पतिहरू- बर, पिपल, रुद्राक्ष, रक्तचन्दन, अगरउड, श्रीखण्ड, र स्वामी- को वृक्षारोपण गरिएको थियो।

    कम्पनीले बीमा सचेतना र वित्तीय सबलताबारे सन्देशसहित काठमाडौं लगायत विभिन्न सहरहरूमा प्रभातफेरि कार्यक्रम पनि सम्पन्न गर्‍यो। समापन समारोहमा प्रमुख कार्यकारी अधिकृत अर्यालले बीमाको आवश्यकता र महत्वबारे प्रकाश पार्दै आगामी दिनमा ग्राहकमैत्री बीमा सेवामा थप सुधार ल्याउने प्रतिबद्धता जनाउनुभएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ