२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

माछापुच्छ्रे बैङ्कद्वारा चाडपर्व तथा २४ औँ वार्षिकोत्सवको अवसरमा अफरै अफर सार्वजनिक

images

  • २०८१ असोज ४, शुक्रबार
  • 1.5K
    SHARES
  • माछापुच्छ्रे बैङ्कद्वारा चाडपर्व तथा २४ औँ वार्षिकोत्सवको अवसरमा अफरै अफर सार्वजनिक

    डिजिटल सेवामा विशेष अफर र छूट

    काठमाडौँ : माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४ औं वार्षिकोत्सव र आगामी चाडपर्वलाई लक्षित गर्दै डिजिटल सेवाहरूमा आकर्षक अफरहरू सार्वजनिक गरेको छ।

    बैंक आगामी असोज १७ गते घटस्थापनादेखि २४ औं वर्ष पार गरी २५ औं वर्षमा प्रवेश गर्दैछ। यसै वार्षिकोत्सवको अवसरमा बैंकले डिजिटल सेवाहरुमा विभिन्न क्यासब्याक तथा विशेष छूट अफरहरु ल्याएको छ। जसको फाइदा ग्राहकहरुले कम्पनीले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरु जस्तै : मोबाइल बैंकिङ्ग,डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट कार्ड तथा डलर प्रिपेड कार्डमार्फत लिन सक्नेछन्। 

    बैंकले असोज १ गतेदेखि ३० गतेसम्मको अवधिमा मोबाइल बैंकिङ्ग एमबीएल एम स्मार्ट एप, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकहरुलाई विशेष छूट दिने योजना पनि ल्याएको छ। 

    जस अन्तरगत कम्पनीको डेबिट कार्ड लिने ग्राहकहरुले कार्ड लिंदा पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छूट र त्यस पछिको २ वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छूट प्रदान पाइनेछ।

    बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई ५ वर्ष अवधिको लागि एकमुष्ट २ हजार ४ सय रुपैयाँमा प्रदान गर्ने बताएको छ। 

    साथै, बैंकले मोबाइल बैंकिङ्ग सेवाको सदस्यता शुल्कमा वार्षिक ५० प्रतिशतसम्मको छूट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४ प्रतिशतसम्मको छूट प्रदान गर्ने बताएको छ। 

    बैंकले वार्षिकोत्सव लक्षित उक्त योजना अन्तर्गत असोज १६ र १७ गते २ दिनको अवधीमा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले विभिन्न मर्चेन्टहरुबाट वस्तु तथा सामान खरिद गर्ने क्रममा डेबिट कार्डमार्फत बिल भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम १ सय २४ रुपैयाँ तथा क्रेडिट कार्डमार्फत बिल भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम २सय २४ रुपैयाँको क्यासब्याक सुविधा प्राप्त गर्न सक्नेछन्। 

    यसका साथै बैंकले असोज १ देखि १८ गतेसम्मको लागि डिजिटल कारोबारको प्रोत्सहान र प्रबर्द्धनको लागि आधिकारीक फेसबुक तथा इन्स्टाग्राम पेजमार्फत ग्राहकहरुको लागि क्विज कार्यक्रम सञ्चालन गर्ने भएको छ। यस प्रतियोगितामा सही उत्तर दिने सहभागीहरु मध्ये भाग्यशाली विजेताले आर्कषक उपहार पाउन सकनेछन्।  

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ