२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

९३ प्रतिशतले बढ्यो बैंकहरूको गैर-बैंकिङ सम्पत्ति, सानिमा बैंकको सबैभन्दा कम

images

  • २०८१ असोज ४, शुक्रबार
  • 1.4K
    SHARES
  • ९३ प्रतिशतले बढ्यो बैंकहरूको गैर-बैंकिङ सम्पत्ति, सानिमा बैंकको सबैभन्दा कम

    काठमाडौँ : बैंक तथा वित्तीय संस्थाहरूको गैर बैंकिङ सम्पत्ति चालू आर्थिक वर्षको साउन महिनासम्म ३६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको साउन महिनामा मात्र १९ अर्ब ९ करोड रुपैयाँ थियो। यो तुलनात्मक रूपमा ९३.३६ प्रतिशतको वृद्धि हो। जसको प्रमुख कारण ऋण नतिर्ने समस्या बढ्नु र बैंकहरूको खराब कर्जा अनुपात उच्च दरमा पुग्नु हो।

    गत वर्षको यस अवधिमा वाणिज्य बैंकहरूको गैर बैंकिङ सम्पत्ति १५ अर्ब ५१ करोड रहेको थियो जुन यस अवधिमा बढेर ३१ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। विकास बैंकहरूको २ अर्ब ३८ करोडबाट बढेर ३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ भने फाइनान्स कम्पनीहरूको १ अर्ब १९ करोडबाट बढेर १ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। 

    खराब कर्जा अनुपात पनि सँगसँगै बढेको छ। हाल वाणिज्य बैंकहरूको खराब कर्जा अनुपात ३.७६ प्रतिशत, विकास बैंकहरूको ३.६२ प्रतिशत र फाइनान्स कम्पनीहरूको ९.८७ प्रतिशत रहेको छ। यस कारण गैर बैंकिङ सम्पत्ति तीव्र रूपमा बढ्दै गएको छ।

    बैंकहरूले ऋण असुली गर्न सकेपछि धितो सकारेको सम्पत्ति सकेसम्म छिटो बिक्री गर्नुपर्ने कानुनी प्रावधान छ। तर, कर्जा रिकभरीका लागि बैंकहरूले ठूलो प्रयास गरे तापनि अपेक्षित प्रगति हुन नसकेको देखिन्छ। असुल नभएका ऋणीहरूको सम्पत्ति लिलामी प्रक्रियामा कठिनाइ आएपछि, बैंकहरूको गैर-बैंकिङ सम्पत्ति निरन्तर बढ्दै गएको छ। जसले वित्तीय संस्थाहरूलाई थप चुनौती खडा गरेको छ।

    चालू वर्षको साउन महिनासम्म सबैभन्दा बढी गैर बैंकिङ सम्पत्ति एनआईसी एशिया बैंकसँग रहेको छ। जुन ४ अर्ब २९ करोड ९८ लाख रुपैयाँ पुगेको छ। दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ। जसको सम्पत्ति ३ अर्ब १ करोड ६५ लाख रुपैयाँ छ भने सबैभन्दा कम सम्पत्ति हुनेमा सानिमा बैंक रहेको छ जसको ६७ करोड ४० लाख रुपैयाँ रहेको छ।

    वाणिज्य बैंकहरूको गैर बैंकिङ सम्पत्तिको विवरण :

    एनआईसी एशिया बैंक : ४ अर्ब २९ करोड ९८ लाख

    हिमालयन बैंक : २ अर्ब ७३ करोड ४४ लाख

    कुमारी बैंक : २ अर्ब ६० करोड ७९ लाख

    नबिल बैंक : २ अर्ब ५९ करोड २८ लाख

    लक्ष्मी बैंक : १ अर्ब ६१ करोड १६ लाख

    प्राइम कमर्सियल बैंक : १ अर्ब ८५ करोड २३ लाख

    माछापुच्छ्रे बैंक : १ अर्ब १५ करोड ८० लाख

    प्रभु बैंक : १ अर्ब २ करोड १९ लाख

    नेपाल एसबिआई : ३४ करोड ६० लाख

    एभरेष्ट बैंक : ५० करोड ७२ लाख

    नेपाल बैंक : २० करोड ५७ लाख

    राष्ट्रिय वाणिज्य बैंक : ३० करोड ५५ लाख

    सिद्धार्थ बैंक : ७० करोड ३८ लाख

    कृषि विकास बैंक : ९४ करोड ८५ लाख

    ग्लोबल आईएमई बैंक : ८१ करोड ६९ लाख

    सिटिजन्स बैंक : ८१ करोड ६९ लाख

    एनएमबी बैंक : ८९ करोड ६४ लाख

    सानिमा बैंक : ६७ करोड ४० लाख

    यसरी, यस समस्याको समाधान गर्न बैंकहरूले नउठेको कर्जाको धितो सकारेपछि त्यसलाई सकेसम्म छिटो बिक्री गर्नुपर्ने छ। तर, ऋणीले कर्जाको ब्याज र किस्ता समयमा नतिर्दा बैंक तथा वित्तीय संस्थाहरू थप आर्थिक दबाबमा परिरहेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ