काठमाडौँ : आज पनि दुवै सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख ५५ हजार ६ सय रुपैयाँ भएको छ। हिजो बुधबार पनि तुलनामा ८ सय रुपैयाँ घटेको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आजको मूल्य प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा झरेको छ। हिजो चाँदीको मूल्य १ हजार ८ सय ९० रुपैयाँ थियो।
यसैगरी, महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३३ हजार ४ सय रुपैयाँ कायम भएको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय १२ रुपैयाँ कायम भएको छ।



