२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो, २४ करोड असुली

images

  • २०८१ असोज ३, बिहीबार
  • 1.2K
    SHARES
  • विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो, २४ करोड असुली

    अझै ५ हजार ७ सय ८० ग्राहकहरूबाट साढे ४० करोड उठाउन बाँकी रहेको छ।

    काठमाडौँ : नेपाल विद्युत प्राधिकरणले महसुल नतिर्ने ग्राहकहरूप्रति कठोर कदम उठाउँदै पछिल्लो २० दिनमा २१ हजार ३ ग्राहकको लाइन काटेको छ। प्राधिकरणका अनुसार भदौ ११ गतेदेखि ३१ गतेसम्म २१ हजार ३ ग्राहकको लाइन काटेको जनाएको छ। महसुल नतिर्ने ग्राहकहरूबाट ४० करोड ४२ लाख १७ हजार २८ रुपैयाँ उठाउन बाँकी रहेको थियो।

    प्राधिकरणले १५ हजार २ सय २३ ग्राहकबाट २४ करोड ६ लाख ८५ हजार ४ सय ८८ रुपैयाँ उठाएको छ र ती ग्राहकहरूको लाइन पुन: जोडिदिएको छ। तर, अझै ५ हजार ७ सय ८० ग्राहकहरूले महसुल नबुझाएका कारण उनीहरूको लाइन नजोडिएको जानकारी प्राप्त भएको छ।

    कुल काटिएका ग्राहकहरूको संख्या : २१ हजार ३ ग्राहक  रहेका छन्।  

    उठाउन बाँकी रकम : ४० करोड ४२ लाख १७ हजार २८ रुपैयाँ रहेको छ। 

    महसुल संकलित रकम : १५ हजार २ सय २३ ग्राहकबाट २४ करोड ६ लाख ८५ हजार ४ सय ८८ रुपैयाँ रहेको छ। 

    महसुल नबुझाउने ग्राहक : ५ हजार ७ सय ८० रहेका छन्।  


    विभिन्न कार्यालयहरूद्वारा काटिएका लाइनहरूको विवरण :

    मधेस प्रादेशिक कार्यालय, जनकपुर : ४ हजार ६ सय ३४ ग्राहकको लाइन काटिएको र १३ करोड ६१ लाख ६५ हजार १ सय ८६ रुपैयाँ महसुल उठाउन बाँकी  रहेको छ। 

    कोशी प्रादेशिक कार्यालय, विराटनगर : ४ हजार ५६ ग्राहकको लाइन काटिएको र ६ करोड ५२ लाख ८ हजार ८ सय ७९ रुपैयाँ महसुल उठाउन बाँकी रहेको छ। 

    बागमती प्रादेशिक कार्यालय, काठमाडौं : ९ सय  ३७ ग्राहकको लाइन काटिएको र १ करोड ३२ लाख ९२ हजार ५ सय ९८ रुपैयाँ महसुल उठाउन बाँकी  रहेको छ। 

    बागमती प्रदेश डिभिजन कार्यालय, हेटौंडा : १ हजार ४ सय २६ ग्राहकको लाइन काटिएको र १ करोड ७१ लाख ३७ हजार ५ सय ५८ रुपैयाँ महसुल उठाउन बाँकी  रहेको छ। 

    गण्डकी प्रादेशिक कार्यालय, पोखरा : २ हजार ३ सय ७५ ग्राहकको लाइन काटिएको २ करोड ९० लाख ३२ हजार ८ सय २७ रुपैयाँ महसुल उठाउन बाँकी रहेको छ। 

    लुम्बिनी प्रदेश डिभिजन कार्यालय, बुटवल : २ हजार ९ सय ७२ ग्राहकको लाइन काटिएको र ६ करोड ३७ लाख ६५ हजार ३ सय ७५ रुपैयाँ महसुल उठाउन बाँकी  रहेको छ। 

    तुलसीपुर डिभिजन कार्यालय, नेपालगञ्ज : २ हजार ४ सय ६ ग्राहकको लाइन काटिएको र ३ करोड ३३ लाख ८६ हजार १ सय ६ रुपैयाँ महसुल उठाउन बाँकी  रहेको छ। 

    कर्णाली प्रादेशिक कार्यालय, सुर्खेत : १हजार ७९९ ग्राहकको लाइन काटिएको र १ करोड ६१ लाख ८६ हजार ५७५ रुपैयाँ महसुल उठाउन बाँकी  रहेको छ। 

    सुदूरपश्चिम प्रादेशिक कार्यालय, अत्तरिया : ३९८ ग्राहकको लाइन काटिएको र १ करोड ८२ लाख ९४ हजार ४६७ रुपैयाँ महसुल उठाउन बाँकी रहेको छ। 

    प्राधिकरणले महसुल तिर्ने ग्राहकहरूको लाइन पुन: जोडिदिएको छ भने बाँकी ग्राहकहरूको लाइन भने अझै जोडिएको छैन।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ