२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
नेपालको सार्वजनिक ऋण स्थिति

२ महिनामै थपियो १ अर्ब सार्वजनिक ऋण, पुग्यो झन्डै साढे २५ खर्ब

images

  • २०८१ असोज २, बुधबार
  • 2.4K
    SHARES
  • २ महिनामै थपियो १ अर्ब सार्वजनिक ऋण, पुग्यो झन्डै साढे २५ खर्ब

    हाल नेपालको सार्वजनिक ऋण-जीडीपी अनुपात लगभग ४४.३२ प्रतिशत छ।

    काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को २ महिनामा (साउन र भदौ) नेपालले १ खर्ब ४ अर्ब ५ करोड रुपैयाँ सार्वजनिक ऋण लिएको छ। यस अवधिमा नेपालले १४ अर्ब ५ करोड रुपैयाँ ऋण भुक्तानी गरेको छ। विदेशी मुद्राको उतारचढ़ावका कारण तिर्नुपर्ने ऋणमा ३० अर्ब १४ करोड रुपैयाँको वृद्धि भएको छ।

    समग्रमा, दुई महिनामा नेपालले तिर्नुपर्ने सार्वजनिक ऋणमा ९४ अर्ब ५२ करोड रुपैयाँको वृद्धि भएको छ। गत आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्ममा तिर्न बाँकी रहेको कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो। जुन बढेर भदौ मसान्तसम्ममा २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ। जुन कुल ग्राहस्थ उत्पादनको ४४.३२ प्रतिशत हो।

    ऋण परिचालन र भुक्तानीको लक्ष्य :

    चालु आवमा नेपालले ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य लिएकोमा साउन र भदौ महिनामा लक्ष्यको १९.०२ प्रतिशत मात्र प्राप्त भएको छ। आन्तरिक ऋण परिचालनको लक्ष्य ३ खर्ब ३० अर्ब रुपैयाँ रहेकोमा, २७.२७ प्रतिशत अर्थात् ९० अर्ब रुपैयाँ प्राप्त भएको छ।

    बाह्य ऋणको २ खर्ब १७ अर्ब रुपैयाँ परिचालन गर्ने लक्ष्यमा १४ अर्ब ५ करोड रुपैयाँ अर्थात् ६.४८ प्रतिशत प्राप्त भएको छ। सरकारले चालु आवमा ४ खर्ब २ अर्ब रुपैयाँ ऋण तिर्ने लक्ष्य राखेकोमा २ महिनामा ११.८४ प्रतिशत अर्थात् ४७ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ भुक्तानी गरेको छ।

    आन्तरिकतर्फ ३ खर्ब ३६ अर्ब ९५ करोड ४४ लाख रुपैयाँको लक्ष्यमा १२.४७ प्रतिशत अर्थात् ४२ अर्ब २ करोड ९१ लाख रुपैयाँ भुक्तानी भएको छ। बाह्यतर्फ ६५ अर्ब ८९ करोड ८२ लाख रुपैयाँको लक्ष्यमा ८.६३ प्रतिशत अर्थात् ५ अर्ब ६८ करोड ६० लाख रुपैयाँ भुक्तानी गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ