काठमाडौँ : एनआइएमबि एस क्यापिटलले आफ्नो पहिलो ‘इन्भेस्टर्स सर्कल’ सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा विभिन्न बैंक र बीमा कम्पनीका प्रमुख कार्यकारी निर्देशकहरू र अन्य सरोकारवाला एवम् निर्णायक व्यक्तिहरूको उपस्थिति रहेको थियो।
यो कार्यक्रम नेपालमा प्राइभेट इक्विटी लगानीको परिदृश्यमा केन्द्रित रहेको थियो। जसमा सहभागीहरूले प्राइभेट इक्विटीका अवसरहरू बारे अर्थपूर्ण संवाद र छलफल गरेका थिए। एनआइएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले नेपालको आर्थिक वृद्धिमा प्राइभेट इक्विटीको महत्वलाई जोड दिएर कम्पनीको रणनीतिक उद्देश्यहरू प्रस्तुत गरे र प्राइभेट इक्विटी क्षेत्रका उदाउँदा अवसरहरूको स्पष्टिकरण गरे।
प्रख्यात मोटिभेसनल स्पीकर अतुल सत्य कौशिकले “भागवत गीतामा आधारित नेतृत्व र व्यवस्थापनका पाठहरू” शीर्षकमा विचार प्रस्तुत गर्दै पौराणिक ज्ञानबाट आधुनिक चुनौतीहरूको सामना गर्ने तरिकाहरूलाई साझा गरे। एनआइएमबि एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत सुभाष थापाले प्राइभेट इक्विटीका आधारभूत विषयहरू र हालसम्मका लगानीहरूको सफलताबारे प्रस्तुत गरे।
समापन मन्तव्यमा, एनआइएमबि एस क्यापिटल लिमिटेडका अध्यक्ष सचिन तिब्रेवालले सहभागीहरूलाई उत्साहपूर्ण समर्थनका लागि धन्यवाद दिए र प्राइभेट इक्विटीमा लगानी विस्तार गर्ने एनआइबिएल इक्वीटी पार्टनर्सको प्रतिवद्धतालाई जोड दिए। कार्यक्रमले संभावित सहकार्य र लगानीको भावी सम्भावनाहरूमा थप छलफलको अवसर प्रदान गर्यो र थट लिडरसिप, स्ट्राटेजिक नेटवर्किङ र अनुभव आदानप्रदानको उत्कृष्ट सम्मिश्रणले ‘इन्भेस्टर्स सर्कल’लाई सफल बनाउनमा योगदान गरेको आयोजकको विश्वास छ।
#एनआइएमबि एस क्यापिटल #एनआइएमबि बैंक



