काठमाडौँ : नेपाल टेलिकमले संविधान दिवस २०८१ को अवसरमा आफ्ना ग्राहकहरूका लागि विशेष "संविधान दिवस अफर" ल्याएको छ। जुन आजदेखि असोज ४ गतेसम्म लागू हुनेछ। यस अफरले टेलिकमका प्रयोगकर्ताहरूलाई विभिन्न आकर्षक डाटा र भ्वाइस सेवाहरू उपलब्ध गराएको छ। रु. ४९ मा १ दिनसम्म प्रयोग गर्न मिल्ने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र १०० मिनेट भ्वाइस कल सुविधा प्रदान गरिएको छ।
त्यसैगरी, विभिन्न मूल्यका डाटा प्याकेजहरू पनि उपलब्ध छन्। जसमा रु. १११ मा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, रु. २९९ मा १२ दिनसम्म प्रयोग गर्न मिल्ने २० जीबी डाटा, र रु. ३९९ मा १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जीबी डाटा प्याकेजहरू समावेश छन्।
साथै, रु. ७८९ मा विशेष फेस्टिभ कम्बो प्याक उपलब्ध छ, जसमा ३० जीबी डाटा, सबै नेटवर्कमा ६०० मिनेट भ्वाइस कल, र २०० एसएमएस सुविधा प्रदान गरिएको छ। यो प्याकेज प्रिपेड प्रयोगकर्ताहरूका लागि २८ दिन र पोस्टपेड प्रयोगकर्ताहरूका लागि ३० दिनसम्म मान्य हुनेछ। पोस्टपेड प्रयोगकर्ताहरूले मासिक रेन्टल चार्जबाटै यो प्याकेजको शुल्क काट्न सक्ने सुविधा पनि पाउनेछन्। यी प्याकेजहरू ग्राहकहरूले *१४१५*6# डायल गरेर वा नेपाल टेलिकम एप प्रयोग गरी खरिद गर्न सक्नेछन्।

#नेपाल टेलिकम #संविधान दिवस



