२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

साहस उर्जाद्वारा लाभांश घोषणा, शतप्रतिशत हकप्रद पनि आउँदै

images

  • २०८१ असोज २, बुधबार
  • 2.2K
    SHARES
  • साहस उर्जाद्वारा लाभांश घोषणा, शतप्रतिशत हकप्रद पनि आउँदै

    काठमाडौँ : साहस उर्जा लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्न ८.४२१ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश रहेको छ। कम्पनीको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

    लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै वितरण हुनेछ। जुन कार्तिक ४ गते आयोजना हुने छ। साधारणसभाका लागि कम्पनीले असोज १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। कम्पनीको उक्त प्रस्तावित लाभांश नियमनकारी निकायको स्वीकृतिपश्चात आगामी वार्षिक साधारणसभामा प्रस्ताव पेस गर्ने निर्णय पनि कम्पनीले जनाएको छ।

    यसमा साधारण प्रस्तावहरूसँगै विशेष प्रस्तावहरू पनि पेश गरिने छन्। साधारण प्रस्तावमा वित्तीय प्रतिवेदन, लेखा परीक्षक नियुक्ति, कर प्रयोजनको लागि नगद लाभांश लगायतका मुद्दाहरू समावेश छन्।

    साथै, विशेष प्रस्तावअन्तर्गत बोनस वितरणपछि कम्पनीले १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव छ। जसले कम्पनीको चुक्ता पुँजीमा ठूलो वृद्धि हुनेछ। कम्पनीको अधिकृत पुँजी र जारी गर्ने पुँजीमा पनि संशोधनको प्रस्ताव गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ