२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सानिमा रिलायन्स लाइफद्वारा साधारणसभा आह्वान

images

  • २०८१ असोज २, बुधबार
  • 1.5K
    SHARES
  • सानिमा रिलायन्स लाइफद्वारा साधारणसभा आह्वान

    काठमाडौँ : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो सातौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समिति बैठकले असोज २३ गते, काठमाडौँको नयाँबानेश्वर शंखमूलस्थित अनमोल ब्यांक्वेटमा बिहान ११ बजेबाट सभा आयोजना गर्ने निर्णय गरेको छ। यस सभामा कम्पनीको आर्थिक वर्ष २०७९/८० का लागि विभिन्न प्रस्ताव र प्रतिवेदनहरू प्रस्तुत गरिनेछन्।

    सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित चुक्तापुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँको १८.३८११ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। यस अनुसार ७६ करोड ९० लाख ६५ हजार २ सय २४ रुपैयाँ बराबरको बोनस शेयर जारी गरिने छ। बोनस शेयर जारीपछि चुक्तापुँजी वृद्धि भएर ४ अर्ब ९५ करोड ३० लाख ६५ हजार २ सय २४ रुपैयाँ पुग्नेछ। 

    यससँगै कम्पनीको प्रबन्धपत्रमा आवश्यक संशोधन पनि गरिनेछ। सर्वसाधारण प्रस्ताव र विशेष प्रस्ताव अनुमोदन गर्नका लागि यदि नियमनकारी निकायबाट कुनै निर्देशन वा परिवर्तनको आवश्यकता परेमा, सञ्चालक समितिलाई पूर्ण अधिकार प्रदान गरिनेछ। साथै, कम्पनीले लाभांश कर रकम दाखिला भएपछि मात्र बोनस शेयर डिम्याट खातामा पठाइने जानकारी दिएको छ।

    सभामा आर्थिक वर्ष २०७९/८० का लागि वार्षिक र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गरिनेछ। लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अजेन्डा पनि सभाले अनुमोदन गर्नेछ।साथै, सञ्चालक समितिमा संस्थापक समूहका तर्फबाट रिक्त सञ्चालक पदको नियुक्ति अनुमोदन गरिनेछ।

    कम्पनीले वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ असोज ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।  जसको अर्थ असोज ११ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरूमात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ