२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आज इन्द्रजात्रा मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

images

  • २०८१ असोज १, मंगलबार
  • 836
    SHARES
  • आज इन्द्रजात्रा मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

    काठमाडौँ : आज वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। यो पर्व भाद्र शुक्ल चतुर्दशीका दिन मनाइन्छ र यसलाई काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा विशेष रूपमा मनाउने गरिन्छ।

    यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ। जसका कारण शेयर बजार, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरू बन्द हुनेछन्।

    यो जात्रा भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुन्छ। यो पर्व ८ दिनसम्म विभिन्न नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरेर मनाइन्छ। लिङ्गो ठड्याउने दिन भैरवको पूजा गरिन्छ र यो पर्व शत्रु पराजय भएपछि विजय मनाउने परम्पराका रूपमा पनि चिनिन्छ।

    इन्द्रजात्राको मुख्य समारोहमा हनुमानढोकास्थित गद्दी बैठकमा राष्ट्रपतिबाट जीवित देवी कुमारी, गणेश, र भैरवको रथयात्रा हेर्ने परम्परा छ। जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार नाच, र पुलुकिसी नाच गरिन्छ।  जसमा ऐरावत हात्तीको प्रतीकको रूपमा देवराज इन्द्रको वाहनलाई प्रस्तुत गरिन्छ।

    आजको दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ।  जसमा अनन्तनाथ (भगवान् विष्णु) को पूजा गरिन्छ। यस दिन चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुने विश्वास गरिन्छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ