२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

असोजमा राष्ट्रियस्तरका विकास बैंकले घटाए ब्याजदर, कुनले कति ?

images

  • २०८१ भदौ ३१, सोमबार
  • 1.2K
    SHARES
  • असोजमा राष्ट्रियस्तरका विकास बैंकले घटाए ब्याजदर, कुनले कति ?

    काठमाडौँ : राष्ट्रियस्तरका विकास बैंकहरूले असोज महिनाका लागि ब्याजदर घटाएका छन्। 

    हाल सञ्चालनमा रहेका ८ वटा बैंकहरूमध्ये ७ वटाले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। यद्यपि, कामना सेवा विकास बैंकले भने भदौ महिनाको ब्याजदरलाई नै निरन्तरता दिएको छ। जसमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ७ प्रतिशत ब्याज उपलब्ध गराउनेछ।

    अन्य बैंकहरूको ब्याजदर भने घटाइएको छ। मुक्तिनाथ, गरिमा, महालक्ष्मी, लुम्बिनी, ज्योति, र सांग्रिला बैंकहरूले असोज महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.५ प्रतिशत ब्याज दिने भएका छन्। भदौ महिनामा मुक्तिनाथ, लुम्बिनी, र ज्योतिले ६.७५ प्रतिशत ब्याज दिएका थिए,। जबकि गरिमा, सांग्रिला, र महालक्ष्मीले ७ प्रतिशत ब्याज दिएका थिए।

    शाइन रेसुंगा बैंकले पनि ब्याजदरमा परिवर्तन गरेको छ। भदौमा ७ प्रतिशत ब्याज दिएको यो बैंकले असोजमा ब्याजदर घटाएर ६.७५ प्रतिशत दिने भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ