काठमाडौँ : चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो महिना साउनमा वाणिज्य बैंकहरूले उल्लेखनीय नाफा आर्जन गर्न सफल भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनमा २० वटा वाणिज्य बैंकहरूले कुल ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँ नाफा कमाएका छन्।
सबैभन्दा बढी नाफा कमाउने बैंकको रूपमा अग्रस्थानमा रहेको ग्लोबल आइएमई बैंकले ८९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने दोस्रो स्थानमा रहेको नबिल बैंकले ८० करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ।
बैंकहरूको नाफा विवरण यसप्रकार रहेको छ।
ग्लोबल आइएमई बैंक: ८९ करोड २४ लाख रुपैयाँ
नबिल बैंक : ८० करोड ३३ लाख रुपैयाँ
कृषि विकास बैंक: ७१ करोड २० लाख रुपैयाँ
हिमालयन बैंक: ५८ करोड ८० लाख रुपैयाँ
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक: ५७ करोड ७५ लाख रुपैयाँ
प्रभु बैंक: ५३ करोड ८० लाख रुपैयाँ
प्राइम कमर्सियल बैंक: ५० करोड ५५ लाख रुपैयाँ
कुमारी बैंक: ५० करोड ३५ लाख रुपैयाँ
लक्ष्मी सनराइज बैंक: ४३ करोड ३२ लाख रुपैयाँ
एनएमबि बैंक: ४२ करोड ७२ लाख रुपैयाँ
एभरेष्ट बैंक: ४२ करोड २९ लाख रुपैयाँ
सानिमा बैंक: ३८ करोड २६ लाख रुपैयाँ
राष्ट्रिय वाणिज्य बैंक: ३६ करोड ६ लाख रुपैयाँ
सिद्धार्थ बैंक: ३४ करोड ८८ लाख रुपैयाँ
सिटिजन्स बैंक: ३४ करोड २२ लाख रुपैयाँ
नेपाल एसबीआई बैंक: ३३ करोड ३४ लाख रुपैयाँ
स्ट्यान्डर्ड चार्टर्ड बैंक: ३१ करोड १५ लाख रुपैयाँ
एनआईसी एसिया बैंक: २६ करोड ६३ लाख रुपैयाँ
नेपाल बैंक: २२ करोड ३९ लाख रुपैयाँ
माछापुच्छ्रे बैंक: २० करोड २४ लाख रुपैयाँ