२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एनआइसी एशिया बैंक र लेमन ट्री प्रिमियर बुढानीलकण्ठ होटलबीच समझदारी, ग्राहकलाई ३५ प्रतिशतसम्म छुट

images

  • २०८१ भदौ ३१, सोमबार
  • 1.5K
    SHARES
  • एनआइसी एशिया बैंक र लेमन ट्री प्रिमियर बुढानीलकण्ठ होटलबीच समझदारी, ग्राहकलाई  ३५ प्रतिशतसम्म छुट

    काठमाडौं : एनआइसी एशिया बैंकले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौं, बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटल अन्तर्गतका विभिन्न सेवाहरुमा ३५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ । 

    नजिकिदै गरेका दशैंं, तिहार, छठ जस्ता विभिन्न चाडपर्वहरुको विशेष अवसरमा भिसा डेबिट कार्ड तथा भिसा क्रेडिट कार्ड र मास्टरकार्ड प्रयोग गरेर भुक्तानी गर्ने आफ्ना ग्राहकलाई बैंकले उक्त सुविधा उपलब्ध गराएको हो ।

    उक्त छुट प्रदान गर्ने विषयमा एन आई सी एशिया बैंक लेमन ट्री प्रिमियर होटलबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    यस समझदारी अनुसार भिसा डेबिट कार्ड, भिसा क्रेडिट कार्ड र मास्टरकार्ड प्रयोग गरी भुक्तानी गर्ने ग्राहकहरुले होटलको बसाई, खाना तथा पेयपदार्थमा २० प्रतिशत छुट प्राप्त गर्नेछन् भने स्पा सेवामा भिसा डेबिट कार्ड र मास्टर कार्ड प्रयोगकर्ताले ३० प्रतिशत र भिसा केडिट कार्ड प्रयोगकर्ताले ३५ प्रतिशत छुट प्राप्त गर्नुहुनेछ ।

    साथै, आफ्नो विशेष अवसर परेर होटलमा बस्ने बैंकका ग्राहकहरुले एक पाउण्डको केक कम्प्लिमेन्ट्रीको रुपमा र भिसा केडिट कार्ड तथा मास्टर कार्ड प्रयोगकर्ताले रुम अपग्रेडको कम्प्लिमेन्ट्री प्राप्त गर्नुहुनेछ । उक्त छुट अफर २०२४ नोभेम्बर ३० अर्थात २०८१ मंसिर १५ गतेसम्मका लागि मात्र लागू हुनेछ ।

    एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ