२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बाराको उनासी पुलमा बस खस्यो, एकको मृत्यु, ४३ यात्रु घाइते

images

  • २०८१ भदौ ३१, सोमबार
  • 1.0K
    SHARES
  • बाराको उनासी पुलमा बस खस्यो,  एकको मृत्यु, ४३ यात्रु घाइते

    काठमाडौं : पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको उनासी पुलमा बसको अगाडिको पट्टा भाँचेर आज बिहान यात्रुवाहक दुर्घटना हुँदा  एक जनाको मृत्यु ,४३ जना घाइते भएका छन् । घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ।

    काँकडभिट्टाबाट दाङको लागी गए राती १ बजे खुलेको ना ८ ख ११६४ नम्बरको बस अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खसेर पल्टिँदा बसमा सवार सबै घाइते भएका थिए । घाइतेहरूको निजगढ स्थित सामुदायिक प्रसूति गृह अस्पतालमा ३४ जना र सि।टी अस्पतालमा ९ जनाको उपचार भइरहेको छ ।

    प्रसूति गृहमा उपचाररत मध्ये  छ जना र सि।टी अस्पतालमा उपचाररत मध्ये २ जना गरी ८ जना बिरामीको अवस्था गम्भीर रहेको  इलाका प्रहरी कार्यालयले जनाएको छ ।  

    उक्त बसको अगाडिको पट्दा भाँचेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ