२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

असोजका लागि घट्यो कुमारी बैंकको ब्याजदर

images

  • २०८१ भदौ ३१, सोमबार
  • 871
    SHARES
  • असोजका लागि घट्यो कुमारी बैंकको ब्याजदर

    काठमाडौँ : कुमारी बैंक लिमिटेडले असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ। जसमा विभिन्न खाताका लागि ब्याजदर घटाइएको छ। 

    असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा ६.०१ प्रतिशत र संस्थागत निक्षेपमा ५.०१ प्रतिशत ब्याजदर तोकिएको छ। अघिल्लो भदौ महिनामा व्यक्तिगततर्फ ६.७१ प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर थियो । जसलाई असोजमा घटाइएको हो।

    बैंकले असोज महिनामा आफ्नो आधार दर ८.५२ प्रतिशत कायम गरेको छ, जुन भदौमा ८.८९ प्रतिशत थियो। साथै, बैंकको स्प्रेड दर ३.८७ प्रतिशतमा निर्धारण गरिएको छ। कुमारी बैंकले देशभर १ सय ९८ शाखा सञ्जाल, १ सय ९४ एटीएम, ५० शाखारहित बैंकिङ एकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ