२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाल बैंकले बढायो निक्षेपको ब्याजदर

images

  • २०८१ भदौ ३१, सोमबार
  • 881
    SHARES
  • नेपाल बैंकले बढायो निक्षेपको ब्याजदर

    काठमाडौँ : नेपाल बैंक लिमिटेडले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.९५ प्रतिशत, संस्थागततर्फ ४.९५ प्रतिशत, र रेमिट्यान्स खातामा ६.९५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। अघिल्लो महिनामा बैंकले व्यक्तिगततर्फ ५.२५ प्रतिशत, संस्थागततर्फ ४ प्रतिशत, र रेमिट्यान्सतर्फ ६.२५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो, जसलाई असोजमा वृद्धि गरिएको छ।

    साधारण बचत खातामा बैंकले न्यूनतम ३.०१ प्रतिशतदेखि अधिकतम ५.०१ प्रतिशतसम्मको ब्याजदर कायम गरेको छ, जुन अघिल्लो महिनामा पनि यही थियो।

    बैंकले कर्जातर्फ भने ब्याजदर घटाएको छ। भदौ महिनामा ७.८७ प्रतिशत रहेको आधार दर असोजमा घटाएर ७.५४ प्रतिशतमा ल्याएको छ। बैंकले आधारदरमा ४ प्रतिशतसम्मको प्रिमियम लागू गर्ने निर्णय गरेको छ, जसले कर्जाको लागतमा केही सहजता ल्याउन सक्छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ