काठमाडौं : सरकारले जारी संसद्को वर्षे (बजेट) अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार, भदौ ३१ गते राति १२ बजेबाट अधिवेशन अन्त्य गर्ने गरी सिफारिस गर्ने निर्णय भएको हो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।
सोहीअनुसार सरकारले राष्ट्रपतिसमक्ष अधिवेशन अन्त्यको सिफारिस गरेको हो। गत वैशाख २८ गते यो अधिवेशन सुरू भएको थियो।



