२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव

images

  • २०८१ भदौ ३०, आइतबार
  • 1.0K
    SHARES
  • मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव

    काठमाडौँ : निर्वाचन आयोगले आगामी मङ्सिर १६ गतेका लागि उपनिर्वाचन मिति तोक्न सरकारलाई सिफारिस गरेको छ। आइतबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र अन्य पदाधिकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी मङ्सिर १६ गतेका लागि स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न सुझाव दिएका हुन्।

    हाल स्थानीय तहमा रिक्त रहेका जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जना जनप्रतिनिधिहरूको बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी गरिएको छ।

    प्रधानमन्त्री ओलीले आयोगको प्रस्तावलाई ध्यानपूर्वक अध्ययन गरेर नेपाल सरकारले उपयुक्त मिति चाँडै तोक्ने आश्वासन दिएका छन्। साथै, उहाँले उपनिर्वाचनलाई मितव्ययी, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आयोगलाई आग्रह गरेका छन्। 

    प्रधानमन्त्रीसँगको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याललगायतका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

    #निर्वाचन आयोग

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ