२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अञ्जु श्रेष्ठ नियुक्त

images

  • २०८१ भदौ ३०, आइतबार
  • 1.3K
    SHARES
  • हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अञ्जु श्रेष्ठ नियुक्त

    काठमाडौँ : हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले अन्जु श्रेष्ठलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रूपमा नियुक्त गरेको छ। कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। 

    नेपाल बीमा प्राधिकरणवाट स्विकृति प्राप्त भए पश्चात् लागु हुने गरि आगामी ४ वर्षका लागि अन्जुलाई सीईओ नियुक्त गरिएको कम्पनीले जनाएको छ। हालसम्म श्रेष्ठ कम्पनीमा नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा कार्यरत थिइन्। जहाँ उहाँले बीमा क्षेत्रसँग सम्बन्धित विभिन्न जिम्मेवारीहरू कुशलतापूर्वक निभाउँदै आएकी थिइन्।

    गत असार १३ गते सञ्चालक समितिको बैठकले सीईओ विजयबहादुर शाहलाई पदमुक्त गरेपछि श्रेष्ठलाई निमित्त सीईओको जिम्मेवारी सुम्पिएको थियो। साबिक हिमालयन जनरल इन्स्योरेन्सबाट निर्जीवन बीमा व्यवसायमा करिअर सुरु गरेकी अन्जु श्रेष्ठसँग पुनर्बीमा सम्झौता र पुनर्बीमा दाबीको क्षेत्रमा लामो अनुभव छ। हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको मर्जरपछि उहाँले हिमालयन एभरेष्ट इन्स्योरेन्समा नायब सीईओको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।

    श्रेष्ठको सीईओको रूपमा नियुक्तिले हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई अझै सशक्त बनाउने अपेक्षा गरिएको छ। उहाँको नेतृत्वमा कम्पनीले आफ्ना ग्राहकहरूलाई थप गुणस्तरीय सेवा प्रदान गर्दै नेपाली बीमा क्षेत्रलाई समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ