२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यस्तो छ एजेन्डा

images

सत्कार खबर
  • २०८१ भदौ २९, शनिबार
  • 1.6K
    SHARES
  • रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यस्तो छ एजेन्डा

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ ।  पार्टीको केन्द्रीय कार्यालयमा  अपराह्न १ बजे बैठक बस्ने बताइएको छ । 

    बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधि बारे छलफल हुने बताइएको छ । साथै राष्ट्रिय भेलामा सहभागिताको लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे कार्यवाहक महामन्त्रीबाट अपडेट लिने, राष्ट्रिय भेलाको प्रस्तावित कार्य तालिकामा छलफल हुने र  राष्ट्रिय भेलाको हालसम्मको तयारीका बारे पनि छलफल हुने छ ।

     बैठकमा विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुत गर्ने र त्यसउपर आवश्यक छलफल गर्ने पनि पार्टीको तयारी छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ