२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

साउनमा १० हजार २ सय ९३ बीमितले गरे साढे १ अर्बभन्दा बढीको बीमा त्याग

images

  • २०८१ भदौ २८, शुक्रबार
  • 2.3K
    SHARES
  • साउनमा १० हजार २ सय ९३ बीमितले गरे साढे १ अर्बभन्दा बढीको बीमा त्याग

    काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनामा बीमा सरेण्डर (बीमा त्याग) को रकम १ अर्ब ५४ करोड ११ लाख रुपैयाँ नाघेको छ। यस अवधिमा १० हजार २ सय ९३ जना बीमितले आफ्नो बीमा सरेण्डर गरेका हुन्।

    सबैभन्दा धेरै बीमा सरेण्डर गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल अग्रस्थानमा रहेको छ। साउन महिनामा एलआईसीका २ हजार ७ सय १५ बीमितले ५१ करोड ३४ लाख रुपैयाँभन्दा बढीको बीमा सरेण्डर गरेका छन्।

    त्यसैगरी, नेपाल लाइफ इन्स्योरेन्सबाट २ हजार ७ सय ३१ बीमितले ४८ करोड ४१ लाख रुपैयाँभन्दा बढीको बीमा सरेण्डर गरेका छन्, जसलाई नेपाल बीमा प्राधिकरणले पुष्ट्याएको छ।

    अन्य बीमा कम्पनीहरूमा एशियन लाइफका ९ सय  ७९ बीमितले १३ करोड ५५ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीका ७ सय ६७ बीमितले ७ करोड ८७ लाख र हिमालयन लाइफ इन्स्योरेन्सका ८ सय ४७ बीमितले ७ करोड ७ लाख रुपैयाँभन्दा बढीको बीमा सरेण्डर गरेका छन्।

    बीमा सरेण्डरको न्यून दर भएका कम्पनीहरूमा सन लाइफ नेपाल र प्रभु महालक्ष्मी लाइफ रहेका छन्। सन लाइफ नेपालका ६९ जना बीमितले ५७ रुपैयाँ बराबरको बीमा सरेण्डर गरेका छन् भने प्रभु महालक्ष्मीका ८७ जना बीमितले १ करोड ५ लाख रुपैयाँ बराबरको बीमा सरेण्डर गरेका छन्।


    प्रत्येक बीमा कम्पनीद्वारा सरेण्डर गरिएको बीमितहरूको संख्या र सरेण्डर रकम यस प्रकार रहेका छन्। 

    १) राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका ७ सय ६७ बीमितहरूले ७ करोड ८७ लाख ६५ हजार रुपैयाँको बीमा सरेण्डर गरेका छन्।

    २) नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ३ सय ५४ बीमितहरूले ६ करोड ३८ लाख ०८हजार रुपैयाँको बीमा सरेण्डर गरेका छन्।

    ३) नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका २ हजार ७ सय ३१ बीमितहरूले ४८ करोड ४१ लाख ३७ हजार रुपैयाँको बीमा सरेण्डर गरेका छन्।

    ४) लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडका २ हजार ७ सय १५ बीमितहरूले ५१ करोड ३४ लाख ८९ हजार रुपैयाँको बीमा सरेण्डर गरेका छन्।

    ५) मेट लाइफका १ सय ४४ बीमितहरूले ४ करोड ४४ लाख ७४ हजार रुपैयाँको बीमा सरेण्डर गरेका छन्।

    ६) एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ९ सय ७९ बीमितहरूले १३ करोड ५५ लाख ७४ हजार रुपैयाँको बीमा सरेण्डर गरेका छन्।

    ७) आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका २ सय १ बीमितहरूले २ करोड ०६ हजार रुपैयाँको बीमा सरेण्डर गरेका छन्।

    ८) सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ६९ बीमितहरूले ५७ हजार रुपैयाँको बीमा सरेण्डर गरेका छन्।

    ९) रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका २ सय ८ बीमितहरूले १ करोड ७७ लाख ८४ हजार रुपैयाँको बीमा सरेण्डर गरेका छन्।

    १०) सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका १ सय १० बीमितहरूले १ करोड १९ लाख ५७ हजार रुपैयाँको बीमा सरेण्डर गरेका छन्।

    ११) सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ५ सय ५५ बीमितहरूले ४ करोड १६ लाख ५२ हजार रुपैयाँको बीमा सरेण्डर गरेका छन्।

    १२) सानिमा  रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका १ सय ८५ बीमितहरूले २ करोड ६६ लाख ४२ हजार रुपैयाँको बीमा सरेण्डर गरेका छन्।

    १३) हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ५ सय ४३ बीमितहरूले ७ करोड ७ लाख ५९ हजार रुपैयाँको बीमा सरेण्डर गरेका छन्।

    १४) प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ८७ बीमितहरूले १ करोड ५ लाख ४९ हजार रुपैयाँको बीमा सरेण्डर गरेका छन्।

    साउन महिनामा कुल १० हजार २ सय ९३ बीमितहरूले १ अर्ब ५४ करोड ११ लाख ९६ हजार रुपैयाँ बराबरको बीमा सरेण्डर गरेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ