काठमाडौँ : कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुल १२ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा ७ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) समावेश गरिएको छ।
बैंकले अघिल्ला वर्षहरूमा विभिन्न दरका लाभांश वितरण गर्दै आएको छ। आर्थिक वर्ष २०७८/७९ मा ४.६४ प्रतिशत, २०७७/७८ मा १९.४७ प्रतिशत, २०७६/७७ मा ४.६३ प्रतिशत, २०७५/७६ मा ६.८८ प्रतिशत, २०७४/७५ मा ९.५ प्रतिशत र २०७३/७४ मा १२ प्रतिशत लाभांश वितरण गरिएको थियो।
बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार चुक्ता पुँजीको १२ प्रतिशत नगद लाभाशं घोषणा गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई आगामी १८औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीलाई वितरण गरिनेछ ।



