काठमाडौँ : गरिमा क्यापिटल लिमिटेडले सरकारी कर्मचारीहरूका लागि ‘सित्तैमा’ लगानी व्यवस्थापन सेवा योजना सुरु गरेको छ । जसले सरकारी कर्मचारीहरूलाई सेयर बजारमा सजिलै लगानी गर्न मद्दत गर्दछ।
नेपाल सरकारले सरकारी कार्यालयहरूमा सेयर कारोबार गर्ने प्रणाली (TMS) सञ्चालनमा प्रतिबन्ध लगाएपछि, सरकारी कर्मचारीहरूका लागि सेयर बजारमा कसरी लगानी गर्ने भन्ने जिज्ञासालाई मध्यनजर गर्दै यो योजना ल्याइएको हो।
यस योजनाले सरकारी कर्मचारीहरूलाई बजारसँग निरन्तर जोडिन र सम्भावित प्रतिफलबाट वञ्चित हुन नदिने उद्देश्य राखेको छ। ग्राहकहरूले रु ३ लाखको न्यूनतम लगानीबाट (नगद, सेयर वा दुबै) लगानी गर्न सक्नेछन्।
यसमा वार्षिक व्यवस्थापन शुल्क नलाग्ने र सेवाबाट बाहिरिदा पनि कुनै शुल्क नलाग्ने सुविधा प्रदान गरिएको छ। यस योजनामा कार्य सम्पादन शुल्क मात्र १०% रहेको छ। जसमा क्यापिटलले व्यवस्थापन गर्ने लगानीको प्रतिफलको आधारमा १५% सम्मको छुट दिइएको छ।
यो योजना उपभोग गर्न इच्छुक सरकारी कर्मचारीहरूले सिधै गरिमा क्यापिटल वा गरिमा विकास बैंकका शाखा कार्यालयहरू मार्फत सम्पर्क गरी सेवा लिन सक्नेछन्। गरिमा क्यापिटल लिमिटेड काठमाडौंको कमलपोखरीमा केन्द्रीय कार्यालय रहेको छ। यस योगना सिमित समय अवधिको लागि मात्र मान्न हुन छ। थप जानकारीको लागि Website:- www.garimacapital.com मा हेर्नुहोला।
गरिमा विकास बैंक लिमिटेड काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको छ र यसले काठमाडौं उपत्यकामा २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर, र ५० एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।



