कात्तिक १७, काठमाडौँ : आसिफ शेख सानदार ब्याटिङ सहयोगमा नेपालले टी–२० विश्वकप एसिया छनोट खेलमा युएईमाथि ८ विकेटको सानदार जित निकाल्दै नेपाल फाइनलमा पुगेको छ। यस जितसँगै नेपालले १० वर्षपछि टी–२० विश्वकप एसिया छनोट भएको छ। नेपालका आसिफ शेखले आक्रमक ब्याटिङ गर्दै ४१ बलमा अर्धशतक बनाएका थिए।
जितका लागि युएईले दिएको १३५ रन लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ६३ रन इनिङ खेलेका थिए। उनले ५० बलमा ६ चौका र २ छक्काको मद्दतमा ६३ रन बनाएका हुन्। रोहित पौडेलले ३५ रन,गुल्शन झाले २२रन र कुशल भुर्तेलले ११ रन बनाएका थिए।
बलिङमा यूएईका बसिल हमीद र निलान्श केसवानीले समान १ विकेट लिएका थिए।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनायो। नेपालका लागि कुशल मल्लले ३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिएका थिए। यस्तै, सोमपाल कामी र रोहित पौडेलले १/१ विकेट लिएका थिए।
यूएईका लागि भिर्तिया अरिविन्दले ६४ रनको अर्धशतकीय पारी खेलेका थिए। यस्तै, मुहम्मद वासिमले २६ रन, अशिन शरार्फुले १६ रन र आशिफ खानले १३ रन रन बनाएका थिए।
अब आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र फाइनल छनोटको फाइनल खेल पर्सि आइतबार घरेलु टोली नेपालले ओमानसँग खेल्दैछ। नेपाल र ओमानबीचको फाइनल खेल आइतबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ।