काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।



