काठमाडौं :राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई नेपाली सेनाको महारथी पदको दर्ज्यानी चिह्न प्रदान गर्नु भएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति पौडेलसमक्ष नवनियुक्त प्रधानसेनापति सिग्देलले पद तथा गोपनीयताको शपथ लिनु भयो ।
मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५औँ प्रधानसेनापतिका रूपमा सिग्देलले आजैदेखि औपचारिक रूपमा सेनाको कमाण्ड सम्हाल्नुुहुनेछ ।
निवर्तमान प्रधानसेनापति प्रभुराम शर्माको अवकाशपछि सिग्देलले सेनाको कमाण्ड सम्हाल्ने अवसर पाउनु भएको हो ।राष्ट्रपति पौडेलले भदौ १२ मा सिग्देललाई २४ भदौदेखि लागु हुने गरी प्रधानसेनापति नियुक्त गर्नु भएको थियो ।
नेपाली सेनामा चार दशक बिताएका शर्मा २४ साउनदेखि बिदामा बस्नु भएको थियो । जंगी अड्डाले आजै बेलुका उहाँलाई बधाई तथा शुभकामना दिने कार्यक्रम राखिएको छ ।



