२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

साउनमा बीमा कारोबार २.९९% घट्यो, जीवन बीमकको घट्दा निर्जीवनको भने बढ्यो

images

  • २०८१ भदौ २४, सोमबार
  • 1.7K
    SHARES
  • साउनमा बीमा कारोबार २.९९% घट्यो, जीवन बीमकको घट्दा निर्जीवनको भने बढ्यो

    काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा बीमा कम्पनीहरुले २२ अर्ब ८८ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार जीवन र निर्जीवन बीमा कम्पनीहरुले उक्त व्यापार गरेका हुन्। जुन गत वर्षको तुलनामा २.९९ प्रतिशतले कम हो।

    जीवन बीमा कम्पनीहरुले साउनमा १८ अर्ब ५७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। जुन अघिल्लो वर्षको तुलनामा ५.२६ प्रतिशतले घटेको हो।

    निर्जीवन बीमा कम्पनीहरुले भने ४ अर्ब ३१ करोड रुपैयाँ आर्जन गरेका छन्। जुन अघिल्लो वर्षको तुलनामा ८.१७ प्रतिशतले बढेको हो।

    साथै, बीमालेखको संख्यामा परिवर्तन भएको देखिएको छ। जीवन बीमकको सक्रिय बीमालेख संख्या २.२४ प्रतिशतले घटेर १ करोड ३७ लाखमा झरेको छ भने निर्जीवन बीमकको सक्रिय बीमालेख संख्या १२.८५ प्रतिशतले बढेर २ लाख ४१ हजार पुगेको छ।

    बीमा दायरामा रहेको जनसंख्याको अनुपात पनि घटेको छ। २०८० साउनमा ४४ प्रतिशत जनसंख्या बीमाको दायरामा थियो भने २०८१ साउनमा यो संख्या घटेर ४२.७० प्रतिशतमा सीमित भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ