२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सौर्यको जहाज दुर्घटना : प्रारम्भिक प्रतिवेदनमा देखियो यस्ता कारण

images

  • २०८१ भदौ २२, शनिबार
  • 1.2K
    SHARES
  • सौर्यको जहाज दुर्घटना : प्रारम्भिक प्रतिवेदनमा देखियो यस्ता कारण

    काठमाडौँ : सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै नेपालका नागरिक उड्डयन क्षेत्रका विभिन्न समस्याहरूमा प्रकाश पारेको छ। प्रतिवेदनले जहाज दुर्घटनाको मुख्य कारणका रूपमा तौल र गति नमिल्नुको साथै अपरेसन र ग्राउन्ड ह्यान्डलिङ म्यानुअलको पालना नगर्नु रहेको बताएको छ।

    म्यानुअल अनुसार जहाजमा सामान राख्न र लोड गर्नको लागि ठोस प्रक्रिया अपनाउनु पर्ने भए पनि सौर्य एयरलाइन्सले यसमा लापरवाही गरेको देखिएको छ। यो प्रक्रियालाई सही तरिकाले नअपनाउँदा टेकअफको समयमा गतिको सही क्याल्कुलेसन नगरी जहाजले उडान भरेको थियो। जसका कारण दुर्घटना भएको उल्लेख छ।

    दुर्घटनामा एक जना क्याप्टेन बाहेक सबै १८ यात्रुको मृत्यु भएको थियो। प्रतिवेदनले नागरिक उड्डयन प्राधिकरणलाई पनि यस दुर्घटनामा ध्यान नदिएको तथा नियमहरूको पुनरावलोकन आवश्यक रहेको सुझाव दिएको छ।

    यो प्रारम्भिक प्रतिवेदन अनुसार भविष्यमा यस्ता दुर्घटना रोक्न म्यानुअलको कडाईसाथ पालना, कार्गो उडान सम्बन्धी नियमहरूको पुनरावलोकन तथा नियमनमा सुधार ल्याउनुपर्ने बताइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ