२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
टी-२० विश्वकप एसिया छनोट

आईसीसी टी–२० विश्व कपमा पुग्न नेपालले युएईसँग खेल्दै

images

  • २०८० कात्तिक १७, शुक्रबार
  • 661
    SHARES
  • आईसीसी टी–२० विश्व कपमा पुग्न नेपालले युएईसँग खेल्दै

    कात्तिक १७, काठमाडौँ : आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेल आज घरेलु टोली नेपालले युएईसँग खेल्दैछ। नेपाल र युएईबीचको समूहको सेमिफाइनल खेल आज माथिल्लो मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ। नेपाल समूह ‘ए’ को उपविजेता र युएई समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा भिड्न लागेका हुन्।

    नेपाल र ‌युएईबीच टी-२० अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म ८ पटक प्रतिस्पर्धा भएको छ। जसमा नेपालले पछिल्ला ४ खेलमा जित  हुँदा ४ खेलमा पराजित भएको छ। पछिल्ला ५ टि-२० आई खेलमा नेपाल युएईसँग तीन पटक पराजित भएको छ। तर, एक साताअघि मात्र त्रिकोणात्मक सिरिजको फाइनलमा यूएईसँग पराजित नेपाल अब चिरपरिचित प्रतिस्पर्धीलाई हराउँदै विश्वकपमा पुग्न चाहन्छ।

    नेपाल सन् २०२१ को छनोट खेलमा यूएईसँग ६८ रनले पराजित हुँदै विश्व कप पुग्न सकेको थिएन। नेपालका लागि रोहित पौडेल र युएईका लागि मोहम्मद वासिमले कप्तानी गर्नेछन्। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ