काठमाडौँ : एभरेष्ट बैंकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ।
आज बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १५.५३ प्रतिशत लाभांश घोषणा गरेको छ जसमा १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश (करसहित) समावेश गरिएको छ।
बैंकले प्रस्ताव गरेको यो लाभांश राष्ट्र बैंकले स्वीकृत गरी आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्। एभरेष्ट बैंक यस वर्ष लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ। जबकि अन्य बैंकहरूले लाभांश घोषणा गरेका छैनन्।



