काठमाडौं : फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा साबिक विजेता अर्जेन्टिनाले चिलीविरुद्ध ३–० को सहज जित निकालेको छ। जितसँगै शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले सात खेलबाट १८ अंक जोडेको छ। पराजित चिली समान खेलबाट पाँच अंकका साथ नवौं स्थानमा छ।
मास मोनुमेन्टल रंगशालामा घरेलु टोली अर्जेन्टिनालाई जित दिलाउन म्याक एलिस्टर, जुलियन अल्भारेज र पाउलो डिबालाले गोल गरे। तीनै गोल दोस्रो हाफमा भएको थियो।
खेलको ४८औं मिनेटमा एलिस्टरको गोलमार्फत अर्जेन्टिनाले अग्रता लिएको थियो। उनले अल्भारेजको पासलाई सदुपयोग गरे। निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा अल्भारेजले टोलीको अग्रता दोब्बर बनाए। उनले जियोभानी लो सोल्सोको पासलाई गोलमा परिणत गरे।



