काठमाडौँ : एनसेलले आफ्नो एनसेल एपमा नयाँ सुविधा थपेको छ। जसले गर्दा ग्राहकहरूले प्रहरी चारित्रिक प्रमाण पत्र (पुलिस क्लियरेन्स सर्टिफिकेट) लिन सजिलै आवेदन दिन सक्नेछन्। यस नयाँ सेवाले महत्वपूर्ण सार्वजनिक सेवाहरूलाई थप सहज बनाएको छ। जसअन्तर्गत प्रयोगकर्ताहरूले अब एनसेल एपमार्फत पुलिस रिपोर्टका लागि आवेदन दिनसक्ने र अनलाइनबाटै रिपोर्ट प्राप्त गर्न सक्नेछन्।
साउन २९ गतेदेखि लागू हुने गरी एनसेलले नेपाल प्रहरीको वेबसाइटलाई आफ्नो नेटवर्कमा निःशुल्क चल्ने बनाएको छ। जसले प्रहरी सेवाहरूका लागि इन्टरनेट शुल्क नलाग्ने सुविधा प्रदान गर्दछ। यसले उजुरी दर्ता र पुलिस रिपोर्टका लागि आवेदन जस्ता सेवाहरूलाई थप सुलभ बनाउनेछ।
एनसेलका चिफ रेगुलेटरी अफिसर विशाल उपाध्यायले एनसेलले नेपाल प्रहरीसँगको सहकार्यमा डिजिटल सेवाहरू उपलब्ध गराउन पाउँदा खुसी व्यक्त गरेका छन्। उनले डिजिटल नेपाल अवधारणालाई सघाउन एनसेलले थप डिजिटल सेवाहरू प्रदान गर्ने योजनामा रहेको उल्लेख गरेका छन्।
एनसेल एपले डिजिटल समाज निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको छ। ग्राहकहरूले यो एपमार्फत विभिन्न सेवाहरूको फाइदा लिन सक्छन्। जसमा रोमिङ सेवाहरू पनि छन्। जसले विदेशमा रहेका नेपाली ग्राहकहरूलाई पनि सेवा लिन सजिलो बनाएको छ।
For more: Ncell Integrates Police Clearance Certificate



