काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) का लागि ८ वटा टिमको मालिक घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित यस प्रतियोगिता आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
सबैभन्दा महँगो बोली पोखराको टिमका लागि लागेको छ, जसलाई नेपाल टी–२० प्रालिले ३ करोड ५७ लाख रुपैयाँमा फ्रेन्चाइज लिएको छ।
अन्य टिमहरूको फ्रेन्चाइज यस प्रकार छन्:
काठमाडौं टिम : कान्तिपुर पब्लिकेशनले ३ करोड ३३ लाख ३३ हजार ३ सय ३९ रुपैयाँ
चितवन टिम : चितवन मेडिकल प्रालिले १ करोड ७६ लाख १ हजार रुपैयाँ
लुम्बिनी टिम : फर्चुना हेल्थकेयर प्रालिले १ करोड ८६ लाख ४ रुपैयाँ
जनकपुर टिम : ड्रिम स्पोर्ट्स प्रालिले २ करोड ५ लाख रुपैयाँ
विराटनगर टिम : एमएडी ड्रिम्स स्पोर्ट्सले १ करोड ५१ लाख रुपैयाँ
कर्णाली टिम : हिमालयन बिल्डर्सले १ करोड ११ लाख रुपैयाँ
सुदूरपश्चिम टिम : इम्पायर स्पोर्ट्सले १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रुपैयाँ
यस प्रतियोगितामा नेपालका प्रमुख खेलाडीहरू सहभागी हुने अपेक्षा छ। जसले देशभर क्रिकेटप्रतिको चासोलाई थप उचाइमा पुर्याउनेछ।




