काठमाडौँ : नेपाल लाइफ इन्स्योरेन्सले सात वटै प्रदेशमा मोटिभेशनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रम अन्तर्गत, कोशी प्रदेशको इटहरी, मधेस प्रदेशको लालगढ, बागमती प्रदेशको काठमाडौं र नारायणघाट, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा करिब ५ हजार भन्दा बढी एजेन्सी तथा एजेन्सी म्यानेजरहरूको उपस्थिति थियो।
कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले दीप प्रज्वलन गरेका थिए। यसमा नेशनल सेल्स हेड उमापति पोखरेल, एजेन्सी तथा पोलिसी सर्भिसिङ्ग प्रमुख सुनिता पोखरेल, प्रादेशिक प्रमुखहरु, शाखा तथा उपशाखाका प्रमुखहरू, पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसी र नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीको उपस्थिति थियो।
तालिममा भारतको दिल्लीबाट आएका अन्तर्राष्ट्रिय प्रशिक्षक अमित शर्माले जीवन बीमा बजारीकरणका लागि आवश्यक सिपका बारेमा प्रशिक्षण दिएका थिए। साथै, मासिक अभिकर्ता प्रोत्साहन योजनामा सहभागी भएका बीमा अभिकर्ताहरूलाई सीईओ पराजुलीले स्वागत तथा बधाई दिएका थिए।
यस कार्यक्रमले बीमा अभिकर्ताहरूको क्षमता अभिवृद्धिमा योगदान पुर्याउने, जीवन बीमाको बजारीकरणका लागि चाहिने सिपहरू प्रदान गर्ने लक्ष्य राखेको छ। कार्यक्रमको अन्त्यमा नेपाल लाइफ ताराका लागि योग्य भएका ३१४ जना एजेन्सी तथा एजेन्सी म्यानेजरहरूलाई सम्मान गरिएको थियो।



