२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
सेयर बजार

१२.१० अंकले घट्यो नेप्से, करिब १० अर्बको कारोबार

images

  • २०८१ भदौ २०, बिहीबार
  • 881
    SHARES
  • १२.१० अंकले घट्यो नेप्से, करिब १० अर्बको कारोबार

    काठमाडौँ : साताको आन्तिम कारोबार दिन बिहीबार नेप्से १२.१० अंक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक १२.१० अंक घटेर २७२७.३६ विन्दुमा पुगेको छ जसमा सेन्सेटिभ इण्डेक्स २.३५ अंक, फ्लोट इण्डेक्स ०.९३ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६९ अंक घटेको छ।

    आज १३ उपसमूहमध्ये लघुवित्त र व्यापार उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। आज लघुवित्तको उपसमूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशत र व्यापार उपसमूहको परिसूचक ०.१६ प्रतिशत बढेको छ भने लगानी उपसमूहको परिसूचक सर्वाधिक १.३६ प्रतिशत तथा जलविद्युत उपसमूहको परिसूच्क १ प्रतिशत घटेको छ।

    आज  नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो बुधबार करिब १३ अर्बको शेयर कारोबार भएको बजारमा आज ३१६ कम्पनीको १ लाख १२ हजार ६ सय ९२ पटकको खरिदबिक्रीमा ९ अर्ब ६५ करोड १५ लाख १३ हजार रुपैयाँ बराबरको २ करोड १ लाख ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ भने युनिक नेपाल लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ  तथा नेष्डो समृद्ध लघुवित्तको करिब साढे ८ प्रतिशत बढेको छ। साथै, नेपाल फाइनान्सको शेयरमूल्य भने सर्वाधिक ८.९१ प्रतिशत घटेको छ।

    आज नेपाल फाइनान्स शीर्ष स्थानमा ४० करोड ५० लाख ९९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ भने एनएलजी इन्स्योरेन्सको ३४ करोडभन्दा बढी तथा गुडविल फाइनान्सको करिब ३० करोडको शेयर किनबेच भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ